21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मानव अधिकार समाजद्वारा निशुल्क सुगर जाँच शिविर सम्पन्न

वीरगंज । स्वतन्त्र मानव अधिकार समाज केन्द्रिय कार्यालय वीरगंजकाे आयाेजनामा शनिवार निःशुल्क सुगर परिक्षण शिविर सम्पन्न भएकाे छ ।

वीरगंज ४ स्थित अमर चौकमा भएकाे शिविरकाे‍ शुभारम्भ वीरगंज महानगरपालिका वडा नं ४ का वडाध्यक्ष जगत साह कानुले सुगर चेक जाँच गराई गरेका थिए । 

उक्त शिविरमा नारायणी अस्पतालका फिजिसियन डा. निरज कुमार सिंहले चेक जाँच गरेका थिए । शिविरमा ५३ महिलासहित १४७ जनाले स्वास्थ्य सेवा लिएको समाजका सभापति कृष्ण कुमार खनालले जानकारी दिए ।

समाजका सभापत्ति खनालको सभापतित्व र वडाध्यक्ष कानुकाे प्रमुख आतिथ्यतामाच भएकाे शिविरमा समाजका उप-सभापत्ति नन्दि किशोर यादव, महा सचिव दिपक साह कानु, कोषाध्यक्ष उर्मिला कुशवाहा, सचिव आशिष कुमार, केन्द्रिय सदस्यहरु संदिप चौरसिया, लालबाबु प्रसाद गुप्ता, निर्मला कुशवाहा, आशा देवी, सिता उप्रेती, विभा पराजुली, पुर्व महासचिव ध्रुव अधिकारी, वीरगंज जेसिसका पूर्व अध्यक्षहरु निशान्त लामिछाने, सन्तोष कुमार खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.725 sec. Memory consumption:81.47 mb