वीरगंज । जनमत पार्टीबाट बारा २ काे उपनिर्वाचनमा चुनाव लडेका शिवचन्द्र कुशवाहा कारबाहीमा परेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उनी उपनिर्वाचनमा लडेका थिए ।
उपनिर्वाचनको सङ्घारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवार भएका कुशवाहा अनुशासनको कारबाहीमा परेका हुन् ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कुशवाहालाई पार्टी विरोधी गतिविधि तथा नेतृत्वको विरोधमा विभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यसै गरी, सप्तरीका गुलाब मण्डल र शङ्कर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान् दास यादवलाई भने १ वर्षका लागि निलम्बनमा राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस