26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एनवाइईएफ वीरगंज च्याप्टर बिल्डिङ अवार्डबाट सम्मानित

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजका च्याप्टरले बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम २०२२ अवार्ड प्राप्त गरेको छ । 

देशभर रहेका १२ वटा च्याप्टरहरूमध्ये उद्यमशीलता विकासका लागि सबैभन्दा धेरै काम गर्दै वीरगंजमा नव उद्यमीहरूका लागि सकारात्मक वातावरण सृजना गरेकोमा एनवाइईएफ वीरगंज च्याप्टर बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम अवार्डबाट सम्मानित भएको हो ।  

काठमाडौँमा सम्पन्न मञ्च १९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा एनवाइईएफ वीरगंजकाे तर्फबाट उक्त अवार्ड निवर्तमान अध्यक्ष राकेश साहले ग्रहण गरेका थिए ।  

अवार्ड ग्रहण गर्दै साहले सम्मानबाट च्याप्टरलाई थप ऊर्जाका साथ काम गर्ने हौसला प्राप्त भएको बताए । वीरगंजमा मात्र नभई पर्सा जिल्लामै उद्यमशीलता विकास र नवीन सोचका साथ व्यवसाय गर्ने सोच राखेका युवाहरूलाई आफूहरूले गर्ने सहयोगलाई निरन्तरता दिने उनले बताए ।

अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.179 sec. Memory consumption:81.47 mb