26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा पहिलाे पटक रथ यात्रा निकालिदै

वीरगंज । गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रथ यात्रा निकालिने भएको छ । यही असार ५ गते गहवामाई मन्दिर परिसरबाट विहान ६ बजे रथ यात्रा निकालिने आयोजक समितिले जनाएको छ ।

गहवामाई मन्दिर परिसमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा रथ निर्माणको काम सम्पन्न भएको र रथ यात्राको तयारी समेत पुरा भएको जनाइएको हाे । गहवामाई मन्दिर अगाडि नै निर्माण गरिएको काठको रथ आइतबार एकैछिन गुडाएर परीक्षण समेत गरिएको थियो ।

रथको रंगरोगन बाहेक निर्माणको अन्य काम पुरा भएको गहवामाई रथ यात्रा समितिका अध्यक्ष श्याम पोखरेलले बताए । रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको छ ।

नेपाल र भारतका ख्याति प्राप्त कालीगढहरुले निर्माण गरेको हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा ३० देखि ३५ हजार भक्तजनहरु सहभागी हुने अनुमान गरिएको समितिका अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रमलाई भब्य र सभ्य पार्न बारा, पर्सा र रौतहटका भक्तजनहरुलाई धेरै भन्दा धेरै उपस्थित भएर सोभा बढाउन अपिल उनले गरे । गहवामाई मन्दिरको ११ औँ वर्षको उत्सवमा पहिलोपटक रथ यात्रा नकाल्न लागिएकाे हाे ।

गहवामाई मन्दिर समितिले अव देखि हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथको डिजाईन र निर्माण गर्ने कारिगर नेपालकै रहेका छन् । रथ निमार्ण २० देखि २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । स्थानीय सरकार र विभिन्न चन्दातादाहरुको सयोगमा रथ निर्माणको काम भएको अध्यक्ष पोखरेलले बताए ।

रथयात्रा यहि ५ गते बिहान ६ बजे गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने आयाेजक समितिले जनाएकाे छ । ५ गते रथ यात्रा सम्पन्न भएपछि ६ गते महाप्रसादको कार्यक्रम राखिएको गहवामाई मन्दिर समितिले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.587 sec. Memory consumption:81.48 mb