वीरगंज । नेपाली सेनाकाे आयाेजनामा बाराकाे सिम्राैनगढमा बृहत नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न भएकाे छ । सिम्रोनगढस्थित कन्कालीमाई विद्यालयमा भएकाे शिविरमा १ हजार २५ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।
नेपाली सेना श्री मध्य पुर्वी पृतना हेड्क्वाटरको मार्गनिर्देशन, श्री २८ नम्बर बाहिनी अड्डाको पहल र श्री ज्वालदल गण बाराको संयोजकत्व तथा एल.एस. न्युरो एन्ड जेनरल हस्पिटल प्रा. लि.को सहयोगमा बृहत शिविर सम्पन्न भएको हाे ।
शिविरमा बिरामीहरुलाई नि:शुल्क औषधि समेत बितरण गरिएको श्री ज्वालदल गण का सेनानी कृष्ण कुमार श्रेष्ठले जनकारी दिए ।
एल. एस. न्युराे हस्पिटलका बरिष्ठ फिजिसियन डाक्टर अजय गुप्ता, वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. एनि पाण्डे, डा. तरनुम अफरोज, मेडिकल अफिसर डा.आमिर हुसेन डा. मनोहर हवारी गुप्ता, साबित्रा आधिकारी लगायतकाको टोलीले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
शिविरकाे उदघाटन नेपाली सेनाका मध्य पुर्बी पृतना हेड्क्वाटरको पृतनापति उपरथि प्रेम ध्वज अधिकारीले गरेका थिए ।