वीरगंज । वीरगंजमा शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध प्रदर्शन भएकाे छ । नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगर कमिटी र नेकपा माओवादी केन्द्र निकट वाइसिय पर्साकाे संयुक्त आयोजनामा भ्रष्टाचार विरुद्ध प्रदर्शन भएकाे हाे ।
वीरगंजकाे घण्टाघरदेखि निस्केकाे विराेध जुलुश माइस्थान चोक सम्म पुगि पुन: घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब स्वरूप प्रदर्शन गरिएकाे युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा ईन्चार्ज अनिल पटेलले वताए ।
काेण सभामा नेकपा एस वीरगंज महानगरका अध्यक्ष मनाेज चाैधरी, सचिव बृजलाल पासवान, वाईसिएल पर्साका संयोजक दिपेन्द्र सिंह पटेल, संताेष पटेल, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, अनेरास्ववियू क्रान्तिकारीका सन्दीप विक्रम साह, विद्यार्थी नेता अनिश पटेल लगायतकाले भ्रष्टचार विरुद्ध कडाईकाे साथ सरकार अघि बढनु पर्ने वताएका थिए ।