8 April 2025
KALIKATIMES.COM

बारा २ मा उपेन्द्र यादवकाे जित निश्चित

वीरगंज । बाराकाे क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवकाे जित निश्चित भएकाे छ । प्रतिनिधि सभा सदस्यकाे लागि बैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनकाे पछिलाे मतपरिणाम अनुसार यादव जित निश्चित भएकाे हाे । 

६७ हजार ६५७ मत गणना गर्दा जसपा अध्यक्ष यादवले २७ हजार ७०५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार १६७ मत पाएका हुन् । एक हजार ४ सय ५० मत गणना गर्न वाकी रहँदा यादवले कुशवाहा भन्दा ४ हजार ५ सय ३८ मतले अगाडी रहेका कारण उनकाे जित निश्चित भएकाे हाे ।

तेस्राे स्थानमा एमालेका उम्मेदवार पुरुषाेतम पाैडेलले ९ हजार ७ सय ५६ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार ८ सय २४ मत, पांचाै स्थानमा आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २ हजार ७ सय ३३ मत पाएका हुन् ।

यस क्षेत्रमा एक लाख ५ हजार मतदाता रहेपनि ६५.६६ प्रतिशत अर्थात ६९ हजार एक सय ७ मत मात्र खसेकाे छ । तालिम केन्द्र कलैयामा मतगणना जारि रहेकाेले अबकाे केही बेरमा अन्तिम मत परिणाम पनि आउने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.910 sec. Memory consumption:82.47 mb