8 April 2025
KALIKATIMES.COM

जित्ने सम्भावना बढेपछि मतगणना स्थल पुगे उपेन्द्र यादव

वीरगंज । जितकाे सम्भावना बढ्दै गएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मतगणना स्थल पुगेका छन् । मतगणना स्थल तालिम केन्द्र कलैया पुगेका अध्यक्ष यादवले मतगणनाको प्रारम्भिक नतिजाकै आधारमा प्रतिक्रिया दिनु उचित नहुने बताए । 

बारा-२ को उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले जारी मतगणनाको प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताए ।

मतगणना स्थल अगाडि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै यादवले प्रारम्भिक नतिजाले आफू जित तर्फ अग्रसर भएपनि प्रतिक्रिया दिने अहिले उचित समय नभएको बताए । ‘अहिले मतगणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ यादवले भने ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु ।’

यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको दावी गरे । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन ।’ उनले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।

समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १८ हजार ९६ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ४५९ मत, चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल २ हजार १६३ मत र पांचाै स्थानमा आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवाली एक हजार ९९० मत ल्याएका छन् ।

बैशाख १० गते आइतबार सम्पन्न उपनिर्वाचनमा खसेकाे ६३ हजार ९०८ मत मध्ये ४१ हजार ७६८ मत गणना भइसकेकाे जिल्ला निर्वाचन कार्यालय बाराका निर्वाचन अधिकारी सराेज चाैधरीले वताए । जस मध्ये ५३४ मत बदर भएकाे छ भने अझै २२ हजार १४० मत गणना गर्न वाकी रहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.975 sec. Memory consumption:82.47 mb