8 April 2025
KALIKATIMES.COM

उपेन्द्र जि जिते हरेक तप्का, समुदायको विकास हुन्छ : अध्यक्ष नेपाल

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले माधव नेपालले बाराको निजगढ विमानस्थल शिलान्यास गर्ने समय आएको बताएका छन् ।

बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा बिहिबार पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले निजगढ विमानस्थल निर्माण काम चाँडै सञ्चालन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

उनले भने, ‘म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाजीलाई पनि पटकपटक भने की अब निजगढ विमानस्थललाई शिलान्यास गर्ने समय आएको छ । अब प्रचण्डजी हुनुहुन्छ उहाँलाई पनि म आग्रह गर्छु । सबै प्रकिया पूरा भएको छ, अब छिटोभन्दा छिटो विमानस्थल निर्माणको शिलान्यास गर्नुपर्छ भन्ने मेरो विश्वास छ ।’

भोजपुरीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आमसभाको उपस्थितिले उपेन्द्र यादवको जित सुनिश्चित गरेको वताए । उनले उपेन्द्र यादवको जितले नै यश क्षेत्रको विकास हुने दाबी गर्दै भारी मतले गठबन्धनका सांझा उम्मेदवार उपेन्द्र यादवलाई जिताउन आग्रह समेत गरे ।

उनले भने “जात पर ना पात पर, उपेन्द्र यादवको भावना र विचारको आधारमा मतदान गर्नु पर्छ । उम्मेदवारको खुबी र क्षमताको आधारमा मतदान गर्नु हाेला, जुन उपेन्द्र जिमा छ ।”

महागढीमाई धार्मिक मात्र नभएर ऐतिहासिक र पर्यटकीय क्षेत्र भएको बताउँदै यसको विकासका लागि वृहत योजना बनाएर अगाडि बढ्ने बारा-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवले सारेका योजनाहरु सराहनीय भएको उनले बताए । 

नेपालले बारा जिल्लाका महिला, बालबालिका, युवा, कृषक, मजदुरदेखि व्यापारी र बुद्धिजीविसम्मको समस्या समाधान गर्नका लागि सबैभन्दा योग्य उम्मेदवार उपेन्द्र यादव भएको बताउँदै नेपालले भने, ‘उहाँ जिते हरेक तप्का, समुदाय र समूहको समस्या समाधान हुन्छ ।’

उपेन्द्र यादव जिते क्षेत्र मात्र नभएर सम्पूर्ण बारा जिल्ला र मधेश प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:3.360 sec. Memory consumption:82.47 mb