8 April 2025
KALIKATIMES.COM

उपेन्द्र यादव याेग्य व्यक्ति हुन्, उहाँ जित्नु पर्छ : सभापति देउवा

वीरगंज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव याेग्य व्यक्ति भएकाे वताएका छन् । 

बारामा गढीमाईमा आयाेजित ५ दलिय गठबन्धकाे वृहम आम सभालाई सम्बोदन गर्दै देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेश राम्रो काम गरेका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन आग्रह गरे ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै उनले भने, ‘उहाँ अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेश र मधेशको अधिकारका लागि क्याबिनेटमा मसँग कयौं पटक झगडा समेत गर्नुभयाे ।’

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यादवलाई मधेशका लागि सच्चा रुपले सम्पर्पित व्यक्ति भएको बताए । ‘उहाँले मधेशका लागि सच्चा मानेमा प्रतिबद्ध, योग्य र सम्पर्पित उम्मेदवारका रुपमा बारा-२ का बासिले उहाँलाई पाउनु भएको छ । मलाई लाग्छ उहाँलाई जिताउन अत्यावश्यक छ,’ देउवाले भने ।

उनले महागढीमाईलाई ऐतिहासिक ठाउँ भएको बताउँदै यसको विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.121 sec. Memory consumption:82.47 mb