8 April 2025
KALIKATIMES.COM

उपेन्द्र यादवको संसदमा आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

वीरगंज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उपेन्द्र यादवको संसदमा आवश्यकता रहेकाे वताएका छन् । बाराको गढीमाईमा आयाेजित पांच दलिय गठबन्धनकाे बृहत आम शभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले ५ दलिय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवकाे जित सुनिश्चित रहेकाे समेत वताए ।

उनले भने “उपेन्द्र जिकाे संसदमा आवश्यकता छ, त्यही भएर उनी विशेष गरेर मेरै आग्रहमा उम्मेदवार भएका हुन् । उहाँलाई उम्मेदवार बनाउन हाम्राे पार्टीकाे भागमा परेकाे उपराष्ट्रपति मैले नै उहाँकाे पार्टीलाई दिएका हाैं ।”

उपेन्द्र यादवकाे जित उनकाे जित मात्र नभएर पाँच दलिय गठबन्धनको जित भएकाे समेत उनले वताए । उनले उपेन्द्र यादवको जितले नेपाली एकता कायम हुने र पुरै मधेस प्रदेश कै जित हुने वताए ।

उनले बारा क्षेत्र नं. २ का बासी भाग्यमानी रहेकाे वताउँदै उपेन्द्र यादव जिते क्षेत्र नं. २ सहित बारा जिल्ला कै विकास हुने दाबी गरे ।

आम सभामा उठेको गढिमाई विकास कोष गठनको प्रक्रिया पनि थालनी गरिने उनले वताए । उनले कोभिडको बेला बन्द भएको कभही छाेटी भन्सार पनि खुल्ला हुने वताए । उनले भने “यसका साथै बिधुतिय सिचाईको माध्यमले मधेश प्रदेशको सिचाईको समस्या समाधान गरिन्छ । निजगढ विमान स्थलको निर्माण कार्य पनि सुरु हुन्छ ।”

अनेकौ सडयन्त्र र जालझेल भईरहेको वताउँदै प्रचण्डले गठबन्धनलाई थप मजबुत बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताएर पठाउन आग्रह समेत गरे । आम सभाकाे उपस्थिति देखेर उपेन्द्र जितकाे जित सुनिश्चित रहेकाे वताउँदै पाँच दलिय गठबन्धन क्षेत्रबासीकाे साथमा रहेकाे वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.879 sec. Memory consumption:82.47 mb