वीरगंज । जनमत पार्टी पर्साकाे बैठक तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएकाे छ । वीरगंजस्थित हिमाल हाेटलमा बसेकाे बैठकमा नवनियुक्त जिल्ला इन्चार्ज र जिल्ला संयोजकले पदभार समेत ग्रहण गरेका हुन् ।
चैत ११ पर्सा जिल्ला इन्चार्ज माधव सिंह र जिल्ला संयाेजकले चैत १७ गते पदभार ग्रहण गरेका हुन् ।
बैठकमा जिल्ला इन्चार्ज माधव सिंह र जिल्ला संयाेजक ओमप्रकाश सर्राफलाई निर्वतमान जिल्ला इन्चार्ज श्याम शंकर चौरसिया र पूर्व जिल्ला इन्चार्ज सुजित चौरसियाले अबिरकाे टिका र माला लगाएर पदभार ग्रहण गराएका थिए ।
संयाेजक सर्राफकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले पर्सा जिल्लाको गाउँ /गाउँ टोल/टोलमा संगठनलाई बिस्तार गर्ने र सदस्यता बितरण गर्ने निर्णय गरेकाे हाे ।
प्रतिक्रिया लेख्नुहोस