वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २१ स्थित सडक खण्डमा बुधबार सवारी दुर्घटना परी भारतिय महिलाकाे मृत्यु भएकाे छ । भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने वर्ष ५० की माला देबीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
बुधबार दिउसाे १:४५ बजेको समयमा ड्राईपोर्टबाट चोर्नी तर्फ जाँदै गरेको बिआर०५एएम१६२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलकाे पछाडी सवार महिलाकाे मोटरसाइकलबाट लडी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
मोटरसाइकलबाट लडी निजको टाउकोमा गम्भिर चोट लागेको हुँदा उपचारार्थ एल.एस.न्यूरो अस्पताल वीरगंजमा ल्याएकोमा बिहिबार दिउसाे १२:३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
मृतकको लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी पोष्टमार्टमकाे लागि नारायणी अस्पताल वीरगंजमा लास राखिएकाे उनले वताए । मोटरसाइकल चालक भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल जोखियारी पञ्चायत वडा नं.९ बस्ने वर्ष २३ को सचिन कुमारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रवक्ता गिरीले जानकारी गराए ।