वीरगंज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.८ ख १६१३ र ना.४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगंजबाट नेपालगञ्जतर्फ लैजादै गरेको छ भन्ने सूचना प्राप्त भई खटिएको प्रहरी टोलीले ट्रकहरु नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
मंगलबार वीरगंज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू एक करोड एघार लाख उनान्सय हजार उन्नचालीस बराबरको रहेकाे उनले वताए । मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी गराए ।