Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

चोर नेताहरुका कारण वीरगंजकाे विकास भएन, अब चुप लागेर बसिदैन : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) पर्साकाे आयाेजना शनिबार वीरगंजमा भ्रष्टाचार विरुद्धकाे खबरदारी सभा सम्पन्न भएकाे छ । वीरगंजलाई आर्थिक राजधानी बनाउने संकल्प सहित वीरगंजकाे घण्टाघर नजिक रहेकाे वीपी उद्यानमा भएकाे सभालाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले वीरगंजसंग सबै नेताहरुले धाेका दिएकाे वताए ।

उनले मुलुककाे परिवर्तनमा वीरगंजकाे अग्रगामी भुमिका रहेपनि चाेर नेताहरुकाे कारण वीरगंजकाे विकास नभएकाे आराेप लगाए । उनले भने, ‘पहिले शिक्षा आर्जन गर्न, उपचार गर्न वीरगंज आउथ्यो । हराभरा थियो । वीरगंजकाे घण्टाघर आजको होईन । नारायणी अस्पताल आजको होईन, कृषि औजार कारखाना आजको होईन, चिनीमिल आजको होईन । जतिपनि पूर्वाधारहरुमा आँखा उठाउनुस यी सबै पहिलेकै हो । भने, यी चोर नेताहरुले के गरे म प्रश्न गर्न चहान्छु ।’

उनले थपे, ‘आज नारायणी अस्पतालको दूरदशा किन भयो ? पार्टीका दलाल र झोलेहरूलाई प्रश्न गर्न चाहान्छु । ठाकुरराम विश्वविद्यालय हुन्छ कि हुदैन ?’ सरकारले लुट्ने मात्रै काम गर्ने । यसको रिटर्नीङ केही पनि नदिने सरकारको पहिला भएका जति पनि सम्पत्तिहरु छन् त्यसको रक्षा पनि नहुने आज बेचेर खाने यी नेतहरुलाई प्रश्न गर्ने कि नगर्ने ? अब वीरगंज जागेको छ । चुप लागेर बस्दैन ।’

बहुदलीय प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रमा वीरगंजमा केही पनि विकास नहुनु चोर र दलाल नेताहरु कारक रहेको दोषारोपण गरे । वीरगंजबाट देशको आधा राजस्व लिने तर वीरगंजलाई भने केही पनि प्रतिफल नदिने राज्यसँग अब वीरगंज चुप लागेर नबस्ने चेतावनी दिए । उनले अब प्रभु साह पनि चुप लागेर नबस्ने वताए ।

पूर्व मन्त्री समेत रहेका अध्यक्ष साहले वीरगंजलाई आर्थिक राजधानी बनाउन दबावकाे लागि पनि खबरदारी सभा गरिएकाे वताए । उनले देशकाे प्रशासनिक राजधानी काठमाडाैं हुने र आर्थिक राजधानी वीरगंज किन नहुने प्रश्न गर्दै वीरगंजलाई आर्थिक राजधानी बनाउन सरकारसंग माग समेत गरे ।

अध्यक्ष साहले संविधान गलत बन्यो भन्दा गोली ठोक्ने सरकारले नै संविधान संसोधन गर्छु भन्नु हास्यास्पद रहेको बताए । जनताको बलमा राजा फालेका नेताहरु नै अहिले राजा बनेको उनको भनाई थियाे ।

नेता साहले संविधान गलत बनेकोले सच्याउन माग गर्दा मधेसी जनतालाई गोली ठोक्ने कांग्रेस र एमाले अहिले संविधान संसोधन गर्ने भनेर गठबन्धन बनाएको टिप्पणी गरे । जनतालाई पटक पटक धोका दिने कांग्रेस एमालले अब वीरगंजलाई प्रयोग नगर्न चेतावनी दिए ।

आजपाका युवा नेता विश्वराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, माैलापुर नगरपालिकाकी मेयर रिना साह लगायतका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नेता कार्यकर्ताहरु सहित हजाराैंकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको...

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...