Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

हरपतगञ्जबाट ५० केजी लागु औषध गाँजा सहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित पांच जनालाई नियन्त्रणमा लिएकाे छ । विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार राति ९:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. २० हरपतगञ्जबाट ५० केजी गाँजा सहित पांच जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ पर्नेमा पर्साकाे बहुदरमाई नगरपालिकाकाे वडा नं. १ बिश्रामपुर निवासी ४० बर्षिय पारस यादव, साेही ठाउँ निवासी ५२ बर्षिय मैनादिन मियाँ, बहुदरमाई नगरपालिका कै वडा नं.७ तिकुलिया निवासी ३६ बर्षिय अकवर मियाँ र वडा नं.७ कै छप्कैया निवासी ४५ बर्षिय शिव महताे रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्सालले जानकारी दिए ।

हरपतगञ्ज चोक स्थित सडक भन्दा पांच सय मिटर पश्चिमपट्टी कुलोको बाटो हुँदै चार जना अपरिचित मानिसहरू टाउकोमा लागु औषध गाँजा बोकी जाँदै गरेको अवस्थामा पांचै जनालाई नियन्त्रणमा लिईएकाे प्रवक्ता लम्सालले वताए ।

उनका अनुसार पक्राउ परेकाहरुकाे साथबाट प्लाष्टिकको बोरा भित्र रातो प्लाष्टिकले बेरी राखिएको लागु औषध गाँजा ४ पोकामा अं.५० के.जी.फेला परेकाे हाे । निजहरूलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...