Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

युवा संघ नेपालकाे वीरगंज महानगर भेला सम्पन्न, चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगर स्तरिय भेला शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न भेलाले तारकेश्वर चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय युवा संघ नेपाल वीरगंज महानगर कमिटी गठन गरेकाे छ ।

गठित कमिटीकाे उपाध्यक्षमा अखलेश गुप्ता, सचिव मधु सिह, सह सचिव नागेश्वर यादव, काेषाध्यक्ष जयप्रकाश मण्डल, पपु कुमार महताे, दिपेश सर्राफ, सुनिल पटेल, राेशन साह, मनाेहर गिरी, राजेश मण्डल रंजित यादव, कृष्णा पटेल, विकास यादव, विपिन महताे, राजु पटेल, शक्ति कुमार गुप्ता लगायतका सर्वसहमत चयन भएका छन् ।

 नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका सह ईन्चार्ज मनाेज चाैधरीकाे अध्यक्षता सम्पन्न भेलाकाे उद्घाटन नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य‍ नगेन्द्र चौधरी चाैधरीले गरेका थिए ।

 भेलालाई सम्बाेधन गर्दै नेता चाैधरीले युवाहरुकाे निर्देशनलाई पार्टीले आफ्नो म्यान्डेट बनाएर अगाडी बढने बताए । उनले पार्टीले युवाहरुलाई काम गर्ने दिने  र राजनितीकाे अग्र मोर्चामा राख्ने नीति लिएकाेले युवाहरुले देशकाे मुहार फेर्न नेतृत्व लिनु पर्ने कुारामा जाेड दिए ।

वीरगंज नगर सभागृहमा भएकाे भेलालाई नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य रामचन्द्र साह, केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका ईन्चार्ज बालगाेपाल थापा, पार्टीका युवा नेता मंंजुर आलम, युवा संघका केन्द्रिय सदस्य सन्जु चाैधरी, जयशंकर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे भने भेलाकाे सहजिकरण समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवानले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...