36.1 C
Birgunj
5 April 2025
KALIKATIMES.COM

समता स्कुलका बिद्यार्थीहरुलाई आवश्य सामग्री बितरण

वीरगंज । वीरगंज कारागारमा रहेकाे समता स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई सोमबार नि:शुल्क रुपमा जुता तथा कापी, कलम, साबुन, बिस्कुट र जुस लगायतका सामग्री बितरण गरिएको छ ।

परिर्वतन नेपाल फाउन्डेसनको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हाल टोल वीरगंजे साेमबार बिद्यालयमा अध्ययनरत ७५ जना बिद्यार्थीहरुलाई साे सामग्री वितरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक बिशाल मल्लले बिधार्थीहरुलाई सामग्री बितरण गर्दै सामाजीक कार्यमा सबैले हातोमालो गर्दै अगाडी बढन आग्रह गरे । उनले अगामी दिनमा पनि सामाजिक कार्य गर्नका साथै यस क्षेत्रको शान्ति सुरक्षामा कमी आउन नदिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश चौधरी, परिर्वतन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर वर्णवाल, सामुदायिक कुम्हाल टोलका सल्लाहकार नन्दलाल राउत, विद्यालयका शिक्षक, शिक्षिका लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

दुई कक्षासम्म पढाई हुने सो विद्यालयमा करागारमा रहेका कैदीबन्दीका छोरा/छोरी लगायत अति बिपन्न वर्गका छोरा/छोरीहरुले शिक्षा आर्जन गर्दै आएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:4.250 sec. Memory consumption:82.45 mb