24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गोढ समाजको बैठक सम्पन्न

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा समितीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेका पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन समितिले निवेदन दिएको जानकारी गराएका थिए ।

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आय व्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

सो अवसरमा स्थानिय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष संजय साह, पोखरीया नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोनालाल साह र स्वास्थयकर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो ।

बैठकको सहजीकरण राकेश साहले गरेका थिए भने बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिती थियो ।  .

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.187 sec. Memory consumption:81.48 mb