22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

हस्क पावर व्यसायिक चुल्हाे ग्यास भन्दा धेरै सस्ताे : प्रबन्धक गुप्ता

वीरगंज । हस्क पावर नेपाल प्रा.लि. वीरगंजकाे आयाेजनामा एसईसिएफ/एनआरईपि स्टार्टप प्राेग्राम सम्पन्न भएकाे छ । सस्टनेबल इनर्जी चायलेन्ज फन्ड  (एसईसिएफ)/नेपाल रिनेबल एनर्जी प्राेग्राम (एनआरईपि) काे समन्वयमा तथा युकेएआइडीकाे सहयाेगमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २१ पटेलनगरस्थित कम्पनीकाे प्राङ्गणमा भएकाे कार्यक्रमकाे उद्घाटन कम्पनीका कार्यकारी प्रबन्धक मनाेज गुप्ताले गरेका थिए ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रबन्धक गुप्ताले हस्क पावर व्यसायिक चुल्हाे उद्याेग, हाेटल, घरेलु  विवाह, ब्रतबन्धमा प्रयाेग गर्न सस्ताे पर्ने वताए । उनले रु २ सय १० काे लागतमा एक सिलिन्डर ग्यास भन्दा बढीकाे काम गर्ने दाबी समेत गरे ।

कम विधुत खप्त र विकेटबाट संचालन हुने हस्क पासवर चुल्हाेबाट कम लगानीमा बढी फाइदा लिन सकिने प्रबन्धक गुप्ताकाे भनाई छ । ठुलाे परिवार र बढी मानिसकाे खाना पकाउन पनि याे चुल्हाे प्रयाेग गर्न सकिने उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.872 sec. Memory consumption:81.47 mb