31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

स्वर्गीय गोपाल गिरि पत्रकारीता पुरस्कार दासलाई प्रदान गरिने

वीरगंज । स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगंजका पत्रकार महेश दासलाई प्रदान गर्ने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको मंगलवार बसेको बैठकले पत्रकार दासलाई स्वर्गीय गोपाल गिरि स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार दिने निर्णय गरेको हो ।
 
विगत लामो समयदेखि वीरगंजलाई कार्यक्षेत्र बनाएर पत्रकारीता गर्दै आएका दासलाई यो पुरस्कार दिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ पर्साका सचिव भूषण यादवले जानकारी दिए । उनका अनुसार यो पुरस्कार बर्सेनी माघ १ गते वितरण हुँदै आएको छ । पत्रकार दास एभिन्युज मधेस प्रदेशका प्रमुख छन् ।
 
यसअघि यो पुरस्कार पर्साका पत्रकारहरु गया यादव, सत्रुघन नेपाल, केसी लामिछाने, महेशचन्द्र गौतम, श्याम बन्जारा, ओमप्रकाश खनाल, ध्रुव साह, बिजय भण्डारी, प्रताप श्रेष्ठ लगायतकाले पाइसकेका छन ।
 
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष युवराज खड्का, सहसचिव जियालाल साह, जितेन्द्र साह, कोषाध्यक्ष सन्जीव मिश्रा लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेकोे थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.115 sec. Memory consumption:81.49 mb