31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

मधेसलाई प्रविधियुक्त बनाउने अभियान वीरगंजबाट शुरु

 ४५ शैक्षिक संस्थामा चेनामूलक कार्यक्रम गरिने  

वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्टार्टअप तथा इनोभेसन कमिटी, खल्ती र इजी इट्सले मधेस प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानको थालनी गरेको छ । बिहीबार वीरगंजबाट यो अभियान थालिएको कमिटी संयोजक अनुप अग्रवालले जानकारी दिए ।

महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगंजबाट यो अभियान थालेको बताएको छ । वीरगंजकाे वीरगंज पब्लिक कलेजबाट शुरु भएको कार्यक्रम ४५ ओटा शैक्षिक संस्थामा सञ्चालन गरिने आयोजकले बताएको छ ।

प्रविधिको प्रयोगबारे चेतना जगाउन यस्तो अन्तरक्रिया सञ्चालन गरिएको अग्रवालले बताए । उद्यमशीलतामार्फत मधेस प्रदेशलाई प्रविधिसँग जोड्ने र यसको उपयोग बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महासंघका प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताए । 

मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले प्रविधिको उपयोगमा अवसरसँगै यसका जोखिमप्रति पनि सचेत हुनुपर्नेमा जोड दिए । खल्ती एपका बरुण प्रताप शाह, इजी इट्सका सिम्रन चौरसिया, बीपीसी कलेजका सहायक क्याम्पस प्रमुख अरबिन्द श्रेष्ठ लगायतले आजको युगमा प्रविधिको आवश्यकता अपरिहार्य भएको उल्लेख गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.208 sec. Memory consumption:81.47 mb