24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पत्रकार महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभा वीरगंजमा सम्पन्न

वीरगंज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभा वीरगंजमा आइतबार सम्पन्न भएको छ ।
 
साधारण सभाले पत्रकारको हकहितको लागि सशक्त भएर अघि बढ्ने निर्णय गर्दै पत्रकारको भरभोषणको लागि अक्षय कोषको स्थापना, पत्रकारको भौतिक सुरक्षाको लागि जिवन बिमा तथा क्षमता अभिवृद्धिको लागि तालिममा बिशेष जोड दिने निर्णय गरेको महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्णले जानकारी दिए । 
 
साधारण सभाकाे बन्दसत्रमा महासचिव श्याम बन्जाराले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विश्वनाथ ठाकुरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित भएकाे थियाे ।
 
सधारण सभाकाे उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री गद्दीले पत्रकार सुरक्षाको लागि प्रदेशका ८ वटै जिल्लाका करिव एक हजार पत्रकारको जिवन बिमा गर्ने लक्ष्य रहेको र सो बिमा योजना पर्साबाट शुरु गर्ने वताए ।
 
उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, शिव पुरी, रिंकु मिश्रा, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:208. Generation time:3.067 sec. Memory consumption:81.23 mb