21.8 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

समाजवादी प्रेस संगठनले मंसिर २४ गते श्रद्धाञ्जली सभा गर्ने

वीरगंज । समाजवादी प्रेस संगठन पर्सा शाखाकाे बैठक सम्पन्न भएकाे छ । संगठनकाे सम्पर्क कार्यालय वीरगंजमा बसेकाे बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफकाे आत्माको चिर शान्तिको लागि शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै बैठकले स्व. सर्राफकाे १० औं दिनकाे पुण्य तिथीमा मंसिर २४ गते शनिबारका दिन वीरगंज मै शाेक सभा समेत गर्ने निर्णय गरेकाे संगठन पर्साका सह सचिव विनाेद पटेलले जानकारी दिए ।

संगठनका संस्थापक सदस्य समेत रहेका पत्रकार सर्राफकाे निधनले मधेश प्रदेशकाे पत्रकारिता क्षेत्रकाे साथ साथै संगठनकाे लागि  ठूलाे क्षति पुगेकाे बैठककाे निष्कर्ष छ ।   

नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफकाे मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा हृदयघात भएर निधन भएका थिए ।    

संगठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा बसेकाे बैठकमा उपाध्यक्ष शम्भु कुमार सुमन, सचिव अजय चाैरसिया लगायत कार्य समिति सदस्यहरु उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.079 sec. Memory consumption:81.47 mb