वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. ३ काे १ मा स्वतन्त्र उम्मेदवार प्रमाेद जयसवाल विजयी भएका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवार तथा निर्वतमान प्रदेशसभा सदस्यलाई हराउँदै जयसवाल विजयी भएका छन् ।
प्रदेश सभा सदस्यमा विजयी जयसवाल सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवालका दाई हुन् । यस अघि भएकाे स्थानिय तहकाे निर्वाचनमा प्रदिप पुन: चुनाव लडेपनि पराजित भएका थिए । तर त्यसकाे केही महिना मै भएकाे प्रतिनिधि सभा तथा प्रदेशसभाकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनका दाई प्रमाेद विजयी भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी निर्वतमान प्रदेश सभा सदस्य समेत रहेका एमालेका उम्मेदवार अब्दुल रहिम अंसारी (मंजुर) लाई एक हजार ४५१ मतले हराउँदै प्रमाेद प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । जसयवालले ७ हजार ३ सय ८१ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी अंसारीले ५ हजार ९ सय ३० मत पाएका छन् ।
अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर प्रसाद चाैधरीले ४ हजार ६ सय ५५ मत, ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका छाेटेलाल प्रसाद यादवले ४ हजार ३ सय ४० मत, नेपाल सुशासन पार्टीका उम्मेदवार शिव कुमार साह ३ हजार ८ सय ३६ मत, निरराज गिरी २ हजार ७ सय ९७ मत पाएका छन् ।
यस क्षेत्र कै प्रदेश सभा सदस्यका अर्का उम्मेदवार राप्रका चन्द्रिका सहनी मलाह ८ सय १४ मत, नेपाल कम्युनिष्ट पार्टीका अमरदेव पासवान २७९ मत, अर्का स्वतन्त्र उम्मेदवार किशुन राउत अहिर १९४ मत पाएका छन् । अन्य ३ स्वतन्त्र उम्मेदवारले एक सय मत पनि पाएका छैनन् ।