वीरगंज । प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे (२) मा पुन: मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी ५ दलिय बामलाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई एक हजार २ सय ३३ मतले हराउँदै एमाले- जसपा गठबन्धनका उम्मेदवार जसपाका राउत विजयी भएका हुन् ।
बुधबार विहान सम्पन्न पर्सा क्षेत्र नं. १ (२) काे अन्तिम मतपरिणाम अनुसार मुख्यमन्त्री राउत ७ हजार ५ सय ४५ मत ल्याएर पुन: प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनकाे निकटतम् प्रतिस्पर्धी कांग्रेसका कुर्मीले ६ हजार दुई सय १२ मत पाएका छन् ।
यसैगरी अर्का प्रतिस्पर्धी राप्रका विनय प्रसाद झा २ हजार ८ सय ४१ मत, हाम्राे नेपाली पार्टीका ओमप्रकाश सर्राफ २ हजार २९ मत, स्वतन्त्र उम्मेदवार शशि कपूर मियाँ एक हजार ८० मत, श्याम प्रसाद गुप्ता ४ सय ८५ मत, जनमत पार्टीका शिव प्रसाद यादव ३५९ मत, नेपाल सुशासन पार्टीका मनाैवर हुसेन ३ सय १ मत, नेपाल लाेकतान्त्रिक पार्टीका हरिन्द्र प्रसाद कुर्मी २७० मत, अर्का स्वतन्त्र उम्मेदवार राकेश कुमार दुवे २ सय २७ मत, संताेष कुमार श्रेष्ठ २१५ मत, विशाल कुमार एक सय ६६ मत, जनता प्रगतिशिल पार्टीका अंकुश पटेल एक सय १४ मत पाएका छन् ।
यसै क्षेत्रकाे प्रदेश सभा सदस्यमा स्वतन्त्र स्वतन्त्र उम्मेदवारी दिएका ७ जना उम्मेदवार एक सय मत पनि पाएका छैनन् ।