वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं १ काे २ का उम्मेदवार ओमप्रकाश सर्राफले बुधबार वीरगंज महानगरपालिकाकाे वडा नम्बर -८ पानीटंकीमा घरदैलो गरेका छन् ।
प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले पानीटंकीमा घरदैलाे गर्दै आफ्नाे चुनाव चिन्ह लाैराे (छडी) मतदान गरी आफुलाई विजयी बनाउन मतदाताहरुसंग आग्रह गरेका हुन् ।
उनले घरदैलाेकाे क्रममा आफु निर्वाचित भएकाे प्रत्यक बर्ष क्षेत्र अन्तर्गतका एक हजार युवाहरुलाई सिपमूलक तालिम प्रदान गरि राेजगार बनाउने वताए । उम्मेदवार सर्राफले आफु प्रतिबद्धता जनाए अनुसारकाे काम नगरे जनता सजाय भाेग्न पनि तयार रहेकाे वताए ।
घरदैलाे कार्यक्रममा हाम्राे नेपाली पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जाेशी लगायतकाे पनि सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस