26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

तेक्वान्दो स्वर्ण विजेतालाई उम्मेद्वार सिंहले गरे सम्मान

वीरगंज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता वीरगंजका म. सोयब अख्तर सम्मानित भएका छन् । पर्सा क्षेत्र नम्बर २ काे २ का स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले एक कार्यक्रमका बीच स्वर्ण पदक विजेता खेलाडी अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।

वीरगंज ३ निवासी अख्तरले पोखरामा भएको खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका थिए । ५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेश कै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।

अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेदवार सिंहले वीरगंज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु गौरबको विषय भएको बताए । उनले भने, ‘यो वीरगंज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, वीरगंजेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’

खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.226 sec. Memory consumption:81.48 mb