8 April 2025
KALIKATIMES.COM

निर्माण व्यवसायी संघ, पर्साकाे सपथ ग्रहण कार्यक्रम सम्पन्न

वीरगंज । नेपाल निर्माण व्यवसायी संघ, पर्साकाे नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम शुक्रबार वीरगंजमा सम्पन्न भएकाे छ । 

वीरगंजकाे तेजारथ टाेलस्थित साह दरबार हाेटलमा भएकाे कार्यक्रममा संघकाे ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहरण गरेका हुन् । संघका नवनिर्वाचित अध्यक्ष सुरेश प्रसाद पटेललाई प्रमुख निर्वाचन अधिकृत संताेष कुमार श्रीवास्तवले सपथ ग्रहण गराएका थिए ।

त्यसपछि वाकी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष पटेलले सपथ खुवाएका थिए ।  

अध्यक्ष पटेलबाट प्रथम उपाध्यक्ष ज्ञानेन्द्र मिश्र, द्वितिय उपाध्यक्ष अच्छेलाल प्रसाद चाैरसिया,  सचिव शनी यादव, सह सचिव संजय कुमा कुर्मी, काेषाध्यक्ष राजेश्वर प्रसाद राैनियार, सह काेषाध्यक्ष सदाम हुसेन, सदस्यहरु बिरेन्द्र प्रसाद कुर्मी, पारस ठाकुर हजाम, पुरुषाेत्म प्रसाद पटेल, अमाेद प्रसाद पटेल, बृजेश प्रसाद यादव, दिपेन्द्र प्रसाद साह साेनार, विकास कुमार साह, मनाेज कुमार साह, सतिश कुमार चाैरसियाले सथप ग्रहण गरेका थिए ।

निर्विराेध निर्वाचित भएका महिला सदस्यहरु प्रिया कुमारी पाण्डे र आशा कुमारी गुप्ता कार्यक्रममा उपस्थित नभएका कारण सपथ ग्रहण गरेनन् ।

संघका निर्वतमान अध्यक्ष रामाकान्त प्रसाद चाैरसियाकाे अध्यक्षतामा भएकाे सपथ ग्रहण कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, महासचिव राेशन दाहाल, काेषाध्यक्ष हिरण कुमार श्रेष्ठ, मधेश प्रदेशका महासचिव राेहित खड्का, संघका संस्थापक अध्यक्ष एवम् सल्लाहकार सविर अंसारी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन संचारकर्मी निलिमा पाैडेलले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:217. Generation time:7.157 sec. Memory consumption:82.49 mb