वीरगंज । बिल विजक नभएको गहुँ बोकेको ट्याक्टर प्रहरीले नियन्त्रमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवास्थित सडकखण्डबाट गहुँ लाेड रहेकाे ना ३ त ५७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।
बाराको परवानीपुर तर्फ जाँदै गरेको अवस्थामा सो ट्याक्टर रोकी जाँच गर्दा चालकसंग लोड रहेको गहुँको Online VCTS विल नरहेको हुँदा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । Online VCTS विल नरहेको १३० बोरा गहुँ लोड रहेकाे ट्याक्टर र चालक जिल्ला बारा विश्रामपुर गा.पा. वडा नं.३ बस्ने वर्ष २३ को रिकेश पटेललाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ ।
गहुँको अन्दाजी मुल्य रू.३ लाख ४३ हजार दुई सय र ट्याक्टरको रु. ५ लाख गरी जम्मा रू.८ लाख ४३ हजार दुई सय बराबरको मुल्यांकन गरी ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको गहुँ आवश्यक कारवाहीको लागि असाेज २८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्या पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरी उक्ट गहुँ लाेड रहेकाे ट्याक्टर असाेज २७ गते दिउसाे ४ बजे बजे पक्राउ गरेकाे र असाेज २८ गते राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे वताएपनि सार्वजनिक चाँही असाेज ३१ गते गरेकाे हाे ।