22.1 C
Birgunj
6 April 2025
KALIKATIMES.COM

स्थानिय तहको क्षमता अभिवृद्धि तालिम सम्पन्न

वीरगंज । मधेस प्रदेश शिक्षा समुहको आयोजनामा दुई दिने विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम साेमबार बाराकाे सिमरामा सम्पन्न भएकाे छ ।

होटेल श्रेष्ठ रेसिडेन्स सिमरामा भएकाे तालिममा विपद् जोखिम, न्यूनीकरण तथा त्यसको व्यवस्थापनका अवधारणा, नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा, आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन, तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षा को लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्यका लागि विषयगत समुहहरु र समन्वयको बारेमा छल्फल तथा अन्तरक्रिया गरिएकाे आयाेजक संस्थाका मित्रदेव यादवले जानकारी दिए ।

शिक्षा समुहको संयोजक नरेश साहको अध्यक्षतामा भएकाे तालिम समापन कार्यक्रममा पोखरीया नगारपालिकाका मेयर प्रदुमन चौहान, शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठ, एनएसईटीका शुशिल पण्डित लगायतकाले मन्तव्य राखेका थिए ।

तालिममा प्रशिक्षक शुशिल पण्डित, राम माझी, कमल कुमार विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

ईयुकाे आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र एनएसईटी नेपालको सहजीकरणमा संचालित स्पोर्टिङ्ग दी रेस्पोन्स टु दी कोभिड 19 क्राइसिस इन दी एजुकेसन सेक्टर कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तहहरुको सहभागितामा रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:7.309 sec. Memory consumption:82.46 mb