22.7 C
Birgunj
17 October 2024
KALIKATIMES.COM

जिल्ला प्रशासन पर्सामा अख्तियारकाे छापा, घुसकाे रकमसहित कर्मचारी पक्राउ

घुसकाे रकमसहित पक्राउ परेका कम्प्युटर अपरेटर यादव र अख्तियारकाे टाेली । तस्बिर : कालिका टाईम्स

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी प्रहरी दिवस कै दिन साेमबार सेवाग्राहीसंग घुस लिएकाे रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई पक्राउ गरेकाे हाे ।

राेक्का रहेकाे जग्गा फुकुवा गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसंग लिएकाे नगद रु ५ हजारसहित यादवलाई पक्राउ गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग टंगालका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

यादवले सेवाग्राहीसंग घुस माग गरिरहेकाे सूचना एवम् उजरी निवेदनकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाका डिएसपी हेम बहादुर केसीकाे नेतृत्वमा खटिएकाे टाेलीले साेमबार दिउसाे जिल्ला प्रशासन कार्यालयमा छापा मारी उनलाई रंगे हात पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानकाे लागि टाेलीले अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडा लगेकाे छ ।

पक्राउ परेका यादव कालिकामाई गाउँपालिकाकाे वडा नं. १ निवासी हुन् । उनी जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा कारारमा कम्प्युटर अपरेटरकाे काम गर्दै आएका थिए । 

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल प्रहरी दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा आयाेजित कार्यक्रममा सहभागि भएर कार्यालय फर्केपछि अख्तियारकाे टाेली जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा छापा हानि सकेकाे थियाे । छापामारीकाे क्रममा जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटका अन्य कागजातहरु समेत अख्तियारकाे टाेलीले अध्ययन तथा अनुसन्धान गरेकाे बुझिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा केही समय पहिलादेखि नै विभिन्न मुद्दामा आर्थिक लेनदेनकाे काम हुने गरेकाे गुनासाेहरु थियाे  । नागरिक्ताकाे बिषयमा पनि पर्ने मुद्दामा समेत आर्थिक लेनदेनकाे आधारमा छिनाेफानाे हुने गरेकाे गुनासाेकाे क्रममा अख्तियारद्वार गरिएकाे छापामारीमा सानाे माछा समातिए पनि ठूलाे माछा उम्कन्न सफल भएका छन् ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

कालिका टाईम्स

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.571 sec. Memory consumption:81.45 mb