36.5 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

वीरगंजमा डान्डिया उत्सव सम्पन्न

वीरगंज । वीरगंज स्विमिंग पुल हेल्थ क्लबकाे आयाेजनामा शुक्रबार वीरगंजमा डान्डिया उत्सव सम्पन्न भएकाे छ । प्रकाश डान्स एण्ड फिटनेश स्टुडियाेकाे सहकार्यमा वीरगंजकाे आदर्शनगरस्थित जैन भवनमा भएकाे कार्यक्रममा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा डान्डिया नृत्य प्रस्तुत गर्ने ४ ग्रुपका विजेताहरुलाई पुरस्कृत समेत गरिएकाे थियाे । ग्रुप “ए” का प्रथम स्वाना खन्डेवाल, द्वितिय रिचा सर्राफ, तृतिय विना प्रजापति, “बि” ग्रुपका प्रथम एसिका शर्मा, द्वितिय मिठी तिवारी, तृतिय तिस्टा भकड, ग्रुप “सि” का प्रथम घिस्रित भकर, द्वितिय अकक्षर कर्ण, तृतिय राेहित गुप्ता र ग्रुप “डि” का प्रथम रिद्धि शर्मा, द्वितिय डाेली अर्गवाल, तृतिय सिद्धि शर्मालाई पुस्कृत गरिएकाे राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राेपाेलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए ।

प्रकाश डान्स एण्ड फिटनेश स्टुडियाे वीरगंजका संचालक प्रकाश कर्णकाे अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष कमल चाैलागाई, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, भाेलन्टियर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव, मानव सेवा आश्रमका दिवेश गुप्ता, राेट्रेक्ट क्लब अफ वीरगंज मेट्राे पाेलिसका अध्यक्ष रविन श्रेष्ठ, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:2.448 sec. Memory consumption:82.47 mb