7 April 2025
KALIKATIMES.COM

ठा.रा.ब. क्याम्पस कर्मचारी संघकाे सभापतिमा चाैधरी विजयी

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पसकाे कर्मचारी संघ ईकाई समितिकाे निर्वाचनमा प्रगतिशिल कर्मचारी संगठन प्यानलसहित विजयी भएकाे छ । संघकाे अध्यक्षमा प्रगतिशिल संगठनका किशाेरी प्रसाद चाैधरी विजयी भएका छन् ।
 
चाैधरीले प्रजातान्त्रिक समुहका गिता श्रेष्ठलाई हराउँदै विजयी भएका हुन् । नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटी सदस्य समेत रहेका चाैधरी यस अघि पनि संघकाे अध्यक्ष भएका थिए । उनी संघकाे उपाध्यक्ष हुँदै केन्द्रिय सदस्य समेत भइसकेका व्यक्ति हुन् ।
 
संघकाे उपसभापतिमा प्रगतिशिल संगठन कै रामआशिष बैठा, सचिवमा मनिषा कुमारी दनुवार, सह सचिवमा मदन पंडीत, कोषाध्यक्षमा विष्णुहरी क्षेत्री, सदस्यमा रुपा झा (मिश्रा), शिला देवी साह, चौठी राय यादव, पार्वती देवी मैनाली, सुनिल महतो कंहार, प्रजातान्त्रिक समुहका विनाेद कुमार पटेल विजयी भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:208. Generation time:4.139 sec. Memory consumption:82.23 mb