7 April 2025
KALIKATIMES.COM

प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडने सुनिल गुप्ताकाे घोषणा

वीरगंज । राजनीतिक दलहरुबाट जनता आजीत भइसकेको भन्दै युवा नेता सुनिल प्रसाद गुप्ताले सर्लाही निर्वाचन क्षेत्र नं. ३ (ख) बाट मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।

युवा नेता गुप्ताले जनताको चाहना अनुसार नै आफू मधेश प्रदेशसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेद्वारीको घोषणा गरेको वताए ।

उनले भने, ‘म विद्यार्थीकालदेखि नै मधेशको राजनीतिमा सक्रिय भएको हुँ । विभिन्न मधेशवादाी दलहरुमा लागेर मधेशको मुद्दाहरु उठाउँदै आएको थिँए । तर ती दलहरुले मुद्दा छोडिसकेकाले स्वतन्त्र रुप मै लड्ने निर्णयमा पुगेको हुँ ।’

कुनै दलले तपाइँलाई टिकट नदिने भएपछि स्वतन्त्रमा उम्मेद्वारी घोषणा गर्नुभएको हो भन्ने प्रश्नमा गुप्ताले भने, ‘मलाई अहिले पनि विभिन्न पार्टीबाट टिकटका लागि अफर आइरहेकाे छ । तर म स्वतन्त्ररुपमा मै उम्मेद्वारी दिनेछु र जित्नेछु भन्ने मलाई विश्वास छ ।’

देशभरि अहिले स्वतन्त्र उम्मेद्वारको अभियान चलेको पनि आफू स्वतन्त्र रुपमा नै जाने उनले बताए । गत स्थानीय चुनावमा बालेन साह, हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारहरु जितेकोले सोबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले वताए ।

केही समय पहिला गुप्ता लगायतका युवा नेताहरुले मधेशी जनता पार्टी पनि गठन गरेका थिए । तर सो पार्टीलाई निरन्तरता दिन सकेनन् । उनले आफू यदि जिते भने मधेशी जनता पार्टीलाई पुनः जीवित गर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.541 sec. Memory consumption:82.45 mb