वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहले प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र पानी तान्ने बिधुत मोटर सहयाेग गरेका छ्न ।
स्थानीय स्तरमा सबैको घरमा गैस सिलिन्डर भएको र अस्वधानीका कारण आगो लिक भएको अवस्थामा फायर सिलिन्डर नभएर स्थानीयलाई कठिनाइ भएको हुँदा प्रहरी चौकीबाट सेवा प्रदानको निमित्त सहयोग गरिएको नेता साहले बताए ।
कार्यक्रममा प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णनन्दान ठाकुर, सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ लखनपुरका वडाध्यक्ष मुना राउत कमकर, जसपा पर्सा क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, महुवनका पुर्व वडाध्यक्ष रुपलाल यादव, रामबाबु साह तेलि लगायतकाे सहभागिता रहेकाे थियो ।
प्रतिक्रिया लेख्नुहोस