वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा नेपाली कांग्रेसका संस्थापक एवम् पूर्व प्रधानमन्त्री स्व. बिपी काेइरालाकाे १०९ औं जन्मजयन्ती मनाइएकाे छ ।
नेपाली काङ्ग्रेस धोबिनी गाउँपालिका कार्य समितिले शुक्रबार जनताकाे साथमा कांग्रेस कार्यक्रमकाे आयाेजना गरी स्व. नेता काेइरालाकाे जन्मजयती मनाएकाे हाे । धाेबिनी गाउँपालिकाकाे लंगडीमा भएकाे कार्यक्रममा वाेल्ने वक्ताहरुले स्व. बिपी काेइराला महामानव भएकाे वताए ।
वक्ताहरुले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको वताए ।
नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको वक्ताहरुकाे भनाई थियाे ।
गाउँपालिका सभापति कमल ठाकुर लोहारको अध्यक्षता र जिल्ला समितिका उपसभापति रामनारायण प्रसाद कुर्मीकाे प्रमुख आतित्यतामा भएकाे कार्यक्रममा महाधिवेशन प्रतिनिधि बशिष्ठ नारायण प्रसाद कुर्मी, नेता रामरुप प्रसाद कुर्मी, श्याम किशोर प्रसाद कुर्मी, रामबाबु प्र.कुर्मी, बलिष्टर अहमद, वडाध्यक्षहरु बन्धु साह, राजकिशोर प्र कुर्मी, अब्बास मिया चुरिहार, वडा सभापति गणेश साह, गाया राउत अहिर, बासदेव तिवारी, इसरायल देवान लगायत निर्वाचित जनप्रतिनिधि तथा अगुवा कार्यकार्ताहरुको उपस्थिती रहेकाे थियाे ।