वीरगंज । वीरगंजबाट प्रकाशित हुँदै आएको राष्ट्रिय सहारा दैनिक पत्रिकाले आफ्नो २० औं बार्षिकाेत्सव मानव सेवा आश्रममा मनाएकाे छ । पत्रिकाले २० बर्ष पुरा गरी २१ औं बर्षमा प्रबेश गरेकाे अवसरमा मानव सेवा आश्रम वीरगंज मै पुगी आश्रमलाई खाद्य समाग्री सहयोग गर्दै त्यँही केक काटेर बार्षिकाेत्सव मनाएको हाे ।
आश्रममा आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक एवं संचालक चन्द्रभुषण साहले आश्रमका संरक्षक डा. दिपक शाक्यलाई ५ बोरा चामल, ३० किलो दाल, १० लि. खाने तेल, एक पाकेट आयो नुन र २५ किलो आलु, प्याज हस्तनातरण गरेका हुन् ।
कार्यक्रममा वाेल्दै आश्रमका संरक्षक एवम् मधेश विश्व विद्यालयका उपकुलपति डा. दिपक शाक्यले सेवा र सहयाेगकाे भावनाले मनाउने उत्सवले मानव सेवा औचित्य चिनाउने वताए । उनले पहिला होटेलमा लाखौ खर्च गरेर मनाइने बार्षिकाेत्वस अहिले आएर आश्रममा मनाउने चलन सकारात्मक रहेकाे वताए ।
उनले भने “अति नै पबित्र स्थल मानव सेवा आश्रम हो, यहाँ गाँस, बास मात्र दिदैनौ, माया पनि दिन्छौ । याे सेवा भावनाले मात्र सम्भाव छ ।” आश्रममा सब भन्दा बढी खर्च औषधीमा हुने गरेकाे डा. शाक्ले वताउँदै आश्रममा हाल सम्म औषधिको अभाव अभाव मात्र हुने गरेकाे वताए । उनले औषधीकाे लागि सहयोग गर्नु पर्ने आग्रह समेत गरे ।
पत्रिकाका प्रकाशक चन्द्रभुषण साहको सभापतित्वमा भएको कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) का वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य एवं पत्रिकाका सम्पादक बृजलाल पासवान, समाजवादी प्रेस संगठन नेपला पर्साका अध्यक्ष मनोज पटेल, दलित मुक्ति समाज पर्साका अध्यक्ष सुशिल हजरा, पत्रिकाका बिकास राैनियार, नेपाल पत्रकार महासंघ पर्साका सदस्य नरेश सर्राफ लगायत, मानव आश्रम वीरगंज शाखा संयाेजक शानु गुरुङ लगायतकाे उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्साका उपाध्यक्ष एवं फोटो पत्रकार महासंघ पर्साका कोषाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।