30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे पहिलाे बैठक सम्पन्न

वीरगंज । नेपाल फाेटाे पत्रकार महासंघ पर्साकाे तेस्राे अधिवेशबाट निर्वाचित नयाँ कार्य समितिकाे पहिलाे बैठक साेमबार सम्पन्न भएकाे छ ।  नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे भवनमा बसेकाे बैठकले निर्वतमान अध्यक्ष विजय चाैहान नेतृत्वकाे कार्य समितिलाई धन्यावाद ज्ञापन गरेकाे छ ।

जिल्ला शाखाका अध्यक्ष सफल खतिवडाकाे अध्यक्षतामा बसेकाे बैठकले भदाै २९ देखि ३१ सम्म चितवनमा हुने केन्द्रिय दाेस्राे महाधिवेशकाे प्रतिनिधि पर्साबाट तेस्राे जिल्ला अधिवेशले चयन गरे अनुसार राम सर्राफ, पंकज श्रेष्ठ, विजय चाैहान र क्रान्ति साहकाे नाम पठाउने सर्वसहमतिबाट निर्णय गरेकाे छ ।

बैठकले केन्द्रिय महाधिवेशनमा पर्साबाट सहभागि हुन तयारीकाे सम्पूर्ण जिम्मेवारी जिल्ला कार्य समितिका पदाधिकारीलाई दिएकाे छ । 

साथै बैठकले नयाँ कार्य समितिका अध्यक्ष खतिवडा र काेषाध्यक्ष शम्भु कुमार सुमनको नामले महासंघकाे आर्थिक काराेबार संचालनकाे लागि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेकाे खाता संचालक परिवर्तन गर्ने पनि निर्णय गरेकाे महासंघ पर्साका सचिव श्रवण साहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काकाे विशेष उपस्थितीमा भएकाे बैठकमा फाेटाे पत्रकार महासंघ पर्साका सदस्यहरु एसएम जहान गस्त, राजन रौनियार, विनाेद पटेल, प्रणय साह, आराेहण साह, राहुल गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.923 sec. Memory consumption:81.47 mb