31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

तिज सांझ कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज प्राेमाेटर्स एण्ड एडभर्टाइजिङकाे आयाेजनामा शनिबार वीरगंजमा तिज सांझ कार्यक्रम सम्पन्न भएकाे छ । प्रधायापक एवम् महिला नेतृ डा. सुष्मा तिवारी द्विवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज महानगरपालिकाकाका उप मेयर इम्तियाज आलमले गरेका थिए ।  

टिम नेपाे पर्साकाे सह आयाेजना र दिगाे बिकास महिला तथा ओम्यान स्किल सेन्टरकाे सहकार्यमा वीरगंजकाे घण्टाघरस्थित क्लासिक ब्याङक्रिटमा भएकाे कार्यक्रममा स्थानिय कलकार तथा महिलाहरुद्वारा गित, संगित तथा नृत्य समेत प्रस्तुत गरिएकाे आयाेजक टिमका नितेश बर्णवालले वताए ।

कार्यक्रममा ओम्यान स्किल सेन्टर वीरगंजकी अध्यक्ष चन्चला दास, निखिल ज्वेलर्सका उपेन्द्र सर्राफ, डा. आमिर आलम, पंकज पटेल, प्रेस सेन्टर केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन रायन कायस्थले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:6.090 sec. Memory consumption:81.48 mb