27.4 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

नेपाल भारतका सुरक्षाकर्मीहरुद्वारा सिमामा संयुक्त गस्ती

वीरगंज । नेपाल भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर संयुक्त गस्ती गरिएको हो ।

निर्वाचन लक्षित सुरक्षा योजना अन्तर्गत नेपाल र भारतका सुरक्षा निकायहरुबाट संयुक्त गस्ती गरिएको नेपाल तर्फको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । गस्ती टोलीले सीमा स्तम्भहरुको स्थिति बुझ्नुको साथै सिमा क्षेत्रको अनुगमन गरेका थिए ।

निर्वाचनको समयमा सीमा क्षेत्रमा देखिने समस्या समाधानमा एक अर्काबीच समन्वय र सहकार्यका साथ काम गर्ने सहमति यसअघि नै दुवै देशको सीमा क्षेत्रमा सुरक्षा निकायको नेतृत्व गर्दै आएका अधिकारीहरुबीच नियमित हुने बैठकमा भइसकेको छ ।

जङ्गे पिलर न. ३९०/१ देखि पिलर न. ३९०–२२ हुँदै ३९०/३३ सम्मका पिलरहरुको संयुक्त निरीक्षण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

नेपाल तर्फबाट सशस्त्र प्रहरी निरीक्षक रविन्द्र भट्ट समेत २० जना र भारतीय पक्षबाट एसएसबीका सिमा निरीक्षक सुशिल कुमारको नेतृत्वमा १० जना गरी ३० जनाको टोलीले संयुक्त गस्ती गरको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.198 sec. Memory consumption:82.47 mb