वीरगंज । बिल बिजक भन्दा बढी सामानहरू लोड रहेकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले वीरगंजकाे घण्टाघरबाट ना.६ ख ३५१६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएकाे हाे ।
बिल विजक भन्दा बढी बिभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू बोकेको सूचना प्राप्त भई खटिएकाे टाेलीले भदाै ३ गते शुक्रबार राति १०:४५ बजे वीरगंज महानगरपालिकाकाे वडा नं.८ घण्टाघर चोकस्थित सडकखण्डमा ट्रक नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका मेडिकल सामाग्री तथा खुद्रा सामानहरू समेत फेला परेको जि्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।
त्यसपछि उक्त ट्रक नियन्त्रणमा लिई रू. ३६ लाख ६० हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता गिरीले जानकारी दिए ।