24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वडाध्यक्ष यादवकाे समाजिक संजालबाट राजिनामा र पुन: फिर्ता

बीरगंज । समाजिक संजाल फेसबुकबाट राजिनामा दिएकाे घाेषणा गरेकाे वीरगंज महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष रमेश प्रसाद यादवले त्यसकाे केही समय मै पुन: सामाजिक संजाल फेसबुकबाट नै राजिनामा फिर्ता लिएका छन् ।

वडाध्यक्ष यादवले आफ्नाे फेसबुकमा हस्तलिखित राजिना पाेष्ट गरेका थिए । साे राजिनामा पत्रमा आफूले  पार्टी र पद दुबैबाट राजिनामा दिएकाे जनाएका थिए । त्यसकाे केही समयपछि पुन: उनले हस्तलिखित एक पत्र पाेष्ट गर्दै आफूले राजीनामा नदिएकाे जनकारी गराए ।

उनले भुल बस समाजिक संजालमा आफुले राजिनामा दिएकाे प्रचार भइरहेकाेले जनाए ।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित वडाअध्यक्ष यादवले पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । 

राजीनामा पत्रमा उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पार्टीबाट र पदबाट राजीनामा दिएको उल्लेख गरेका थिए । उनले पार्टी र महानगरपालिकाले आफुलाई असहयोग गरेको वताउँदै आक्राेशमा आएर राजिनामा दिएकाे बुझिएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:4.576 sec. Memory consumption:81.45 mb