वीरगंज । पर्साकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकाकाे ३ ठाउँमा बिहिबार बालविवाह, दाईजाेप्रथा, शिक्षाकाे महत्व र प्रजनन् स्वास्थ्य सम्बन्धि जनचेतनामूलक सडक नाटक सम्पन्न भएकाे छ ।
दिव्य युवा क्लब, भिएसाे नेपाल र एचआईकाे साझेदारीमा संचालित किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत भएकाे जगरनाथपुर गाउँपालिकाकाे वडा नं. १ पिडारीगुठी, वडा नं. ४ लक्ष्मिपुर र धाेबिनी गाउँपालिकाकाे वडा नं. १ भिखमपुर पिपरामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।
परियाेजनामा कार्यरत ठूली दिदी, सानी बहिनीहरु र अन्य कलाकारहरुले सडक नाटक प्रदर्शन गरेकाे संयाेजक ठकुरीले वताए ।
समुदाय स्तरमा भएकाे बालविवाह, दाइजाेप्रथा, लैंगिक हिंसा, विभिन्न कुरुती र कुसंस्कारलाई न्यूनिकरण गर्दै शिक्षाकाे महत्वकाे बारेमा जनसमुदायलाई जानकारी गराउन र जनचेतना जगाउन परियाेजना मुख्य उद्देश्य रहेकाे छ ।
कार्यक्रममा परियाेजनाका कर्मचारी, बालिका तथा समावेशी शिक्षा संजालका सदस्यहरुकाे सहजिकरण गरेका थिए ।