काठमाडौँ । प्रतिनिधि सभाबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागु हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस