वीरगंज । एक सत्ता पहिला जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका पर्साका दुई केन्द्रिय सदस्यसहितका नेताहरु शुक्रबार नेकपामा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।
जसपा केन्द्रिय सदस्य बिरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवम् जगरथापुर गाउँपालिका अध्यक्षका प्रत्यासी कृष्ण मोहन यादव लगायतका दर्जनाैं नेता तथा कार्यकर्ताहरुले माओवादी प्रबेश गरेका हुन् ।
काठमाडाैंस्थित पेरिसडाँडामा आयोजित कार्यक्रममा सबै जनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
असार ३२ गते वीरगंजमा पत्रकार सम्मेलनको गर्दै पर्सा क्षेत्र नं. ४ निवासी केन्द्रिय सदस्यद्वय यादव, शाक्य लगायतकाले सामुहिक रुपमा पार्टीकाे साधारण सदस्यबाट समेत राजिनामा दिएकाे जानकारी गराएका थिए । त्यसकाे केही समयमा उनीहरु माओवादी केन्द्र प्रबेश गरेका हुन् ।
पार्टीमा स्वच्छाचारिता, पार्टी एकलौटी ढंगबाट पार्टी संचालन भएको, निति, नियत र नेतृत्व प्रष्ट नभएको र पार्टी संगठनात्मक संरचनामा नभई पार्टीमा ब्यक्ती, ठेक्दार र भ्रष्टाचारी हाबी भएको आराेप लगाउँदै पार्टीबाट सामुहिक रुपमा राजिनामा दिएकाहरु एक सत्ता वित्दै आज माओवादी केन्द्रकाे पार्टी मुख्यालयमा पुगेका थिए ।
पार्टी प्रबेश कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल, केन्द्रिय सदस्य गाेपाल ठाकुर लगायतकाकाे समेत उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन युवा नेता रहबर अन्सारीले गरेका थिए ।