Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आजपाकाे खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) ले वीरगंजमा आयाेजना गर्न लागेकाे  भ्रष्टाचार विरुद्धको खबरदारी सभा सफल बनाउन मंगलबार पनि छलफल जारी राखेकाे छ । आजपाले वीरगंजकाे राधेमाईमा गरेकाे छलफलमा सहभागि युवाहरु यही २७ गते हुने खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।

उक्त छलफलमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, आइटी आर्मी पर्साका इन्चार्ज दिपेन्द्र जयसवालको बिशेष उपस्थिति रहेकाे थियाे ।

यसैबिच वीरगंजमा हुने खबरदारी सभा सफल बनाउन राैतहटकाे मौलापुरमा पनि आजपा रौतहट जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । संगठन बिस्तार एवं संघर्षको समीक्षा सहित बसेको उक्त बैठकले पौष २७ गते बिरगंजमा हुने भ्रष्टाचार विरुद्धको खबरदारी सभामा ब्यापक सहभागिता जनाउन निर्णय गरेकाे छ ।

उक्त बैठकले नरेश तुराहाको अध्यक्षतामा गठित नयाँ जिल्ला कमिटीका साथीहरूको स्वागत सम्मान सहित कार्यविभाजन समेत गरेकाे जनाइएकाे छ । आजपाका केन्द्रिय अध्यक्ष प्रभु साहकाे प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएकाे थियाे ।

वीरगंजकाे घण्टाघरमा हुने खबरदारी सभालाई आजपाका केन्द्रिय अध्यक्ष साह सहित नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । जुन सभाले वीरगंजलाई देशकाे आर्थिक राजधानी बनाउ दबाव सृजना गर्ने पनि जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको...

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...