Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

आजपाकाे खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिवद्धता

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) ले वीरगंजमा आयाेजना गर्न लागेकाे  भ्रष्टाचार विरुद्धको खबरदारी सभा सफल बनाउन मंगलबार पनि छलफल जारी राखेकाे छ । आजपाले वीरगंजकाे राधेमाईमा गरेकाे छलफलमा सहभागि युवाहरु यही २७ गते हुने खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।

उक्त छलफलमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, आइटी आर्मी पर्साका इन्चार्ज दिपेन्द्र जयसवालको बिशेष उपस्थिति रहेकाे थियाे ।

यसैबिच वीरगंजमा हुने खबरदारी सभा सफल बनाउन राैतहटकाे मौलापुरमा पनि आजपा रौतहट जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । संगठन बिस्तार एवं संघर्षको समीक्षा सहित बसेको उक्त बैठकले पौष २७ गते बिरगंजमा हुने भ्रष्टाचार विरुद्धको खबरदारी सभामा ब्यापक सहभागिता जनाउन निर्णय गरेकाे छ ।

उक्त बैठकले नरेश तुराहाको अध्यक्षतामा गठित नयाँ जिल्ला कमिटीका साथीहरूको स्वागत सम्मान सहित कार्यविभाजन समेत गरेकाे जनाइएकाे छ । आजपाका केन्द्रिय अध्यक्ष प्रभु साहकाे प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएकाे थियाे ।

वीरगंजकाे घण्टाघरमा हुने खबरदारी सभालाई आजपाका केन्द्रिय अध्यक्ष साह सहित नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । जुन सभाले वीरगंजलाई देशकाे आर्थिक राजधानी बनाउ दबाव सृजना गर्ने पनि जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...