Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आजपाले वीरगंजमा गर्न लागेकाे खबरदारी सभाकाे तयारी तिब्र

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगंजमा सम्पन्न भएको छ । पौष २७ गते वीरगंजमा हुने भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई सफल बनाउन बैठक सम्पन्न भएकाे आजपाले जनाएकाे छ ।

बैठकलाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । सोही कारण खबरदारीका लागि वीरगंजमा सभा आयोजना गर्न लागिएकाे वताए । मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सभा गर्न लागेको उनको भनाई छ ।

यसैगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनकाे लागि खबरदारी सभा गर्न लागिएकाे आजपाले जनाएकाे छ । खबरदारी सभालाई पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

वीरगंजकाे घण्टाघरमा हुने ऐतिहासिक सभामा विभिन्न ठाऊँबाट ब्यापक सहभागिता गराउने प्रतिबद्धता सहित नेताहरूको कार्यविभाजन समेत भएकाे आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए ।

यसैगरी वीरगंजमा हुने खबरदारी सभा सफल बनाउन पर्साकाे विभिन्न ठाउँमा भेटघाट तथा छलफल समेत गरिएकाे उनले वताए ।  पर्साको बहुदरमाई नगरपालिकाकाे वडा नं. २ पिप्राम आम जनसमुदायको साथमा भेटघाट तथा छलफल सम्पन्न भएको प्रदेश अध्यक्ष कुशवाहाले जानकारी दिए ।

आजपाले वीरगंजलाई देशको आर्थिक राजधानी घोषण गराउनको लागि हुने खबरदारी सभामा व्यापक समर्थन जुटिरहेकाे वताइएकाे छ ।

प्रिपामा भएकाे कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश ईन्चार्ज उपेन्द्र साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पर्सा अध्यक्ष बिशवराज पटेल, जिल्ला सदिस्य राज साह लगातकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ । जैविक विविधता युक्त यस ताललाई केही समय...

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ । बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको...

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी...