Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

जिराभवानीमा जारी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

spot_img
spot_img

ओमप्रकाश चाैधरी /
सेढवा । पर्साको जिराभवानी गाँउपालिकामा जारी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ । जिराभवानी गाउँपालिकाकाे वडा नं ४ मा रहेको सुपौली खेल मैदानमा भएकाे प्रतियोगितामा ने.रा.मा.बि. सेढवा बिर्ता प्रथम भएकाे छ ।

सेढवाले ११ वटा स्वर्ण पदक, ३ वटा रजत पदक र ८ वटा कास्य पदक प्राप्त गरी प्रथम भएकाे हाे । त्यसैगरी ने.रा.मा.बि. कठकुईया बसन्तपुर महादेवपट्टी द्वितीय स्थान प्राप्त गरेका छन । महादेवपट्टीले ४ वटा स्वर्ण पदक, ९ वटा रजत पदक र ४ वटा कास्य पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेका छन ।

त्यसैगरी बितो महतो जनता मा.बि. जितपुर नौकाटोला तृतीय भएका छन । नौकाटोलाले ४ वटा स्वर्ण पदक, ८ वटा रजत पदक र ५ वटा कास्य पदक प्राप्त गरेका छन ।

जिराभवानी गाँउपालिकाको आयोजनामा भएकाे प्रतियोगितामा छात्र र छात्रा तर्फ १०० मीटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३ हजार मिटर दौड प्रतियोगिता भएकाे थियाे । यसका साथै छात्र र छात्रा तर्फ हाईजम्प, लॉग जम्प, १००*४ रिले दौड र ज्याभलिङ्ग थ्रो भएकाे थियाे ।

सो प्रतियोगितामा पालिकाभित्र रहेका ३ वटा मावि, २ वटा निमावि र १२ वटा प्राविका बालबालिकाहरुको सहभागिता रहेकाे थियाे ।

शिक्षा अधिकृत शिवराज फुयालको अध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष रामशरण ख्वास थारुको प्रमुख आतिथ्यमा भएकाे सम्पन्न तथा पुरस्कार बितरण कार्यक्रममा रमाशंकर चौधरी, कृपासिन्धु पटवारी, जितेन्द्र प्रसाद गौरो, सन्तोष चौरसियाले मन्तव्य व्यक्त गरेका थिए ।

अत्यधिक जाडाेका कारण प्रतियाेगितामा सहभागि ३ जना विद्यार्थी बेहाेस

यसैबिच जिराभवानी गाँउपालिकामा जारी दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी तीन जना बिद्यार्थीहरु अत्यधिक जाडोका कारण बेहोस भएका थिए । बिहानदेखि बाक्लो हुशु अत्यधिक जाडोमा कम लुगा लगाएर खेलमा सहभागी तीन जना छात्राहरु बेहोस भएका थिए ।

ने.रा.मा.वि. सेढवा बिर्ता, ने.रा.मा.वि. कठकुईया बसन्तपुर र बितो महतो जनता मा.वि. जितपुर नौकाटोलाका १/१ जना छात्राहरु बेहोस भएका थिए । ती बिद्यार्थीहरुलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएका थियाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृतमा बसन्त बहादुर बोहरा हाजिर

वीरगंज । वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका सहसचिव बसन्त बहादुर बोहराले बिहीबार कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । संघीय सरकारले जेठ...

रास्वपा धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल पटेल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धोबीनी गाउँपालिकाको सभापतिमा सुदिल प्रसाद कुमार पटेल निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न पालिका स्तरीय प्रथम अधिवेशनबाट...

राष्ट्रिय दलित पत्रकार संघकाे दाेस्राे महाधिवेशन सम्पन्न, अध्यक्षमा बराइली निर्वाचित

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महाधिवेशनले बराइलीको नेतृत्वमा नयाँ...