29.9 C
Birgunj
9 April 2025
KALIKATIMES.COM

निष्कर्ष समाचार साप्ताहिक पत्रिकाको विमोचन

वीरगंज । वीरगंज प्रकाशित निष्कर्ष समाचार साप्ताहिक पत्रिकाको आइतबार एक कार्यक्रमकाे बिच विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयाेजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) उमेश कुमार ढकालले पत्रिकाको विमोचन गरेका हुन ।

पत्रिकाको विमोचन एव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रजिअ ढकालले समाज रुपान्तरणको लागि संचार क्षेत्रको विकास हुन आवश्यक रहेको औल्याए । प्रेस स्वतन्त्रताको पक्षमा आफूले वकालत गर्दै आएको बताउँदै उनले भने, संविधान र प्रचलित कानुनको कार्यान्वयन गराउँन संचारजगतको भूमिका महत्वपूर्ण रहेकोले संचारक्षेत्रको विकास हुन आवश्यक छ ।

उनले पत्रिको संख्या बढाएर मात्र हुँदैन यसको गुणस्तरमा पनि बढी ध्यान दिनुपर्ने बताए । प्रजिअ ढकालले भने, आफनो पत्रिकाको माध्यमले समाजमा भएको समस्यालाई उजागर गरेर समाज रुपान्तरणमा सहयोग हुन आवश्यक छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश महासचिव श्याम बन्जाराले पत्रकारिता क्षेत्रभित्र देखापरेको समस्या र चुनौती नै मुलभुत समस्या रहेको बताए ।

उनले समस्या र चुनौतीका विच आफूलाई समाजमा कसरी स्थापित गर्न सकिन्छ त्यसतर्फ बढी केन्द्रित हुन जरुरी रहेको बताए । निष्कर्ष साप्ताहिक पत्रिकाको नाम अनुसार काम गरोस् भनि शुभकामना दिदैं महासचिव बन्जाराले यथास्थितीमा रहेको बादविरोधबाट उन्मूख भएको क्षेत्रबाट माथि उठेर समाजको हरेक प्रकारको समस्याको पहिचान गरी उजागर गर्नुपर्ने बताए ।

पत्रिकाको प्रकाशक शिवनारायण मिश्रको सभापतित्वमा भएकाे बिमोचन कार्यक्रममा १३ नं. गण वीरगंजका सशत्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल, महिला नेतृ रम्भा मिश्र लगायतले पत्रिकाको उत्तरोउत्तर प्रगतीको कामना गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:8.886 sec. Memory consumption:82.48 mb